चरिकोट, फाल्गुन ४ । दोलखाको माथिल्लो भूभागमा हिमपात भएपछि आलु किसानहरु उत्साहित भएका छन् ।
हिउँ परेपछि माटोको उर्वराशक्तिमा बृद्धि हुने, माटोको चिस्यान लामो समयसम्म कायम रहने भएकाले ती भेगका करिब ३ सय आलु किसान उत्साहित भएका हुन् । यसबाट लाकुरीडाँडा, शैलुङ, कालिञ्चोक, जिरी, झ्याँकू, माली गाविसलगायतका किसान बढी लाभान्वित हुनेछन् ।
यो बर्ष विगतको भन्दा एकतिहाइ बढी उत्पादन हुने अपेक्षा किसानहरुको छ । यसभेगका कृषकले बर्षमा ४० लाखसम्मको आलु बिक्री गर्ने गरेका छन् भने दोलखाभरबाट बर्षमा करिव ७ करोडको आलु विक्री हुने गरेको तथ्याङ्क छ । IMAGECHANNELS