– उमाकान्त पाण्डे गाउंले
फागुन ६, दुबइ – जन गायक जिवन शर्मा सहित रत्तिम सास्कृतिक परिवारको टोली यूएई आउने भएको छ । सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा हुने सास्कृतिक कार्यक्रमका लागि रक्तिमका कलाकार यहाँ आउने भएका हुन ।
यूएई नेपाली एकता समाजको आयोजनामा हुने नयाँ बर्ष बिशेष कार्यक्रमका लागि कलाकारको टोली यूएई आउने छ । समाजले नयाँबर्ष बि.स. २०७१ को अवसर पारेर आउदो बैशाख ५ गते (अप्रिल १८ तारिक शुक्रबार )दुबइमा बिशेष सास्कृतिक कार्यक्रम गर्ने तयारी गरेको छ । त्यसका लागि समाजका अध्यक्ष कृष्ण केसीको सम्योजकत्वमा कार्यक्रम मुल आयोजक समिति समेत बनाइएको छ ।
कार्यक्रममा स्थानिय कलाकारले समेत आफ्नो प्रस्तुती देखाउने छन ।
कार्यक्रममा रत्तिम सास्कृतिक परिवारका कलाकार गायक जिवन शर्माको नेत्रित्वमा जीवन पून , अर्घाखाँचीकी कलाकार मन्जु राना , र दल बहादुर विक लगायतको टोलीलाई दुबइ पठाउने निर्णय गरिएको हांक साप्ताहिकका प्रधान सम्पादक नारायण शर्माले जानकारी दिए ।
बिदेशमा काम गर्ने नेपालीलाई मुग्लानीको सङज्ञा दिएका जनवादी गायक जीवन शर्मा सहितको टोली आउने भए पछि यहाँ कार्यरत धेरै नेपालीको उपस्थिती हुने आशा आयोजकले गरेको छ । कार्यक्रममा धेरै नेपालीको उपस्थिती हुने भन्दै आयोजकले बरदुबईमा रहेको अस्टोरिया होटलको ठुलो सभाहल अग्रिम रुपमा बोक गरिसकेको छ । कार्यक्रमको प्रवेश टिकट तथा कार्यक्रममा प्रस्तिती देखाउन स्टेजमा प्रवेश गर्ने कलाकारलाई स्थानिय प्रशाशन बाट अनुमती लिई प्रमाणीकरण समेत गरिसकिएको छ । आउदो हप्ता बाट प्रवेश टिकटको बजारमा बिक्री बितरण सुरु गरिने आयोजकले जनाएको छ ।
बिभिन्न किसिमका सामाजिक कार्यसगैं यूएईमा रहेका नेपालीहरु बिच सुमधुर सम्बन्ध बढाउन भन्दै यूएई नेपाली एकता समाजले नयाँबर्ष लाई प्रवासमा स्वागत गर्न सास्कृतिक कार्यक्रम गर्न लागेको एक प्रेस बिज्ञप्ती जारी गर्दै जनाएको छ । समाजका अध्यक्ष कृष्ण केसी र कार्यबाहक महासचिव मेघराज खनाल द्वारा जारी गरिएको बिज्ञप्तीमा समाजले गरेका बिभिन्न निर्णय पनि सार्वजनिक गरेको छ । बिज्ञप्तीलाई आधार मानेर यहाँ कार्यरत सम्पूर्ण नेपालीलाई उपस्थितीका लागि अनुरोध समेत गरेको छ ।
कार्यक्रमको मिडिया पार्टनरको रुपमा अर्घाखाँची डट्कम् रहेको छ ।