बाबु रोका मगर दिल्ली,हरियाणा
नयाँ बर्ष धुमधाम सँग मनाउने प्रणय बोकेर यसपाली पनि नेपाली साँस्कृतिक परिवार गूड्गाव पूर्ण तयारी मा लागि परेको छ | अहिले को अवस्था मा हामी नेपाली हरुले आफ्नो नेपालीपन र धर्म सँस्कृति लाई भुलेर पश्चिमी सँस्कृती लाई भित्र्याउने बिकृती बढी रहेको छ | यो नेपाली र नेपाल को लागि ठुलो समस्याको जड बन्दै गएको र यसले पछी का पिढी हरुलाई न राम्रो असर पुर्याउने संकेत गरिरहेको दु:ख ब्यक्त गर्दै हामी संसार को जुनसुकै ठाउँमा भएता पनि आफ्नो नेपाली पना र सँस्कृती को जगेर्ना गर्नु पर्छ भन्ने उद्देश्य का साथ नेपाली साँस्कृतिक परिवार गूड्गाव ले यही आउदो मिती १३ अप्रेल २०१४ आईतवार को दिन कार्यक्रम को आयोजना गरेको छ |
उक्त कार्यक्रम मा नेपाल बाट आमन्त्रित गरिएका ख्याती प्राप्त गायक गायिका हुम गैरे, शुशिला समिप, अर्जुन कौशल र मोडल तथा गायक धुर्ब राना र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको जानकारी गराउदै सो कार्यक्रम मा सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ,दिदिबहिनी तथा बुवाआमा हरुलाई उपस्थित भई उक्त कार्यक्रम लाई सफल पारीदिनुहुन को लागि नयाँ बर्ष को शुभकामना दिदै हार्दिक अपिल गरेको छ |
अधिक जानकारीको लागी संपर्क
मोहन थापा – + 91- 9910132046
राजेश कोइराला – + 91- 9958961411
हरी डांगी – + 91- 9818114105
बाबु रोका मगर- + 91- 8130294625