तिलोत्तमा मावि बुटवलको स्वर्ण महोत्सव सम्पन्न

तिलोत्तमा मावि बुटवलको स्वर्ण महोत्सव आज सम्पन्न भएको छ। स्वर्ण महोत्सव मूल समारोहमा बोल्दै प्रमुख अतिथि शिक्षा मन्त्रालयका सचिव नारायण गोपाल मलेगोले शिक्षा क्षेत्रमा विगतमा भन्दा अहिले निकै चुनौती र जिम्मेवारी थपिएकोले शिक्षकहरुले आफ्नो दायित्व र अनुशासनको पालना अझ प्रतिवद्ध भएर गर्नुपर्ने बताउनु भयो । 
उहाले तालिम प्राप्त र योग्य शिक्षकहरु सरकारी विद्यालयमा भएपनि सरकारी विद्यालयको शिक्षाको गुणस्तर खस्किएको सुनिनु चिन्ताको विषय भएको बताउदै विद्यालयमा आधुनिक शिक्षण पद्दति र सूचना प्रविधिको प्रयोग बढाउन सरकारले विद्यालयहरुलाई सहयोग गर्ने कार्यक्रमहरु ल्याएको जानकारी दिनुभयो । 
स्वर्ण महोत्सव कार्यक्रममा विद्यालयका पुर्व एवं वर्तमान शिक्षकहरु, व्यवस्थापन समितिका पदाधिकारीहरु , चन्दादाता र शिक्षप्रेमिहरुलाई सम्मान गरिएको थियो । संचार माध्यममा विद्यालयको बारेमा समाचार प्रचारप्रसार गरेर विद्यालयको उन्नतिमा योगदान पुर्याएकोले पत्रकार कृष्ण मल्ल र कपिल ज्ञवालीलाई प्रमुख अतिथि शिक्षा सचिवले सम्मान गर्नु भएको थियो । 
 
तत्कालिन बुटवल खस्यौली नगर पंचायत द्वरा खस्यौलिको धर्मशालामा पाठशाला केन्द्र नं २ नाम बात वि.स. २०२० मा स्थापना भएको यस विद्यालय बुटवलका पुराना विद्यालयहरु मध्येमा गनिन्छ।  हाल यस विद्यालयमा ५२३ छात्रछात्रा अध्ययनरत छन्। 
२०६५ सालदेखि माध्यमिक तह संचालन गरेको तिलोत्तमा माविले आउदो वर्षदेखि उच्च माध्यमिक तह संचालन गर्ने जनाएको छ । 

अन्य समाचारहरु