– उमाकान्त पाण्डे गाउंले
दुबइ – फागुन, ११ – यूएईमा पाकिस्तानी नागरिकको हत्या आरोपमा मृत्युदण्डको सजायँ सुनाइएका अनिश खालिङ राईले नयाँ जीवन पाउने भएका छन ।
अदालतले सुनाएको फैसला अनुरुप मृतक पाकिस्तानी नागरिकका परिवारले ब्लड मनि बापतको रकम स्वीकारे पछि राईका परिवारको अनुरोधमा संसारभर रहेका नेपालीको प्रयासमा ब्लडमनी जुटाए पछि उनले नयाँ जीवन पाउने भएका हुन् ।
सुरुमा यूएईको आबुधाबीमा रहेको तल्लो अदालतले राइलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतले सुनाएको फैसलालाई माथिल्लो अदालतले मृतक पाकिस्तानी नागरिकको परिवारलाई विकल्प प्रदान दिदै सजाय गर्ने फैसला गरेका थियो ।
अदालतले दिएको विकल्पमा ‘खुनको बदला खुन’ अर्थात हत्या आरोपीलाई मृत्युदण्डनै दिने,ब्लडमनी लिएर सजाय मिनाह गरिदिने वा अन्य कुनै सजाय दिने भन्ने बिषयमा पीडित पाकिस्तानी नागरिकको परिवारलाई नै निर्णय लिन अनुरोध गरेको थियो ।
राइलाई बचाउन पीडित पाकिस्तानी नागरिकका परिवारले