यूएई एमालेमा प्रकाश कोइराला

उमाकान्त पाण्डे  
दुबई, फागुन  १२ -नेकपा एमालेको यूएई प्रवासमा नयाँ नेत्रित्व निर्वाचित भएको छ । एमालेको अन्तरास्ट्रिय भात्री सस्थाको रुपमा रहेको प्रवासी नेपाली मन्च यूएईको तेस्रो महाधीवेशनले प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ नेत्रित्व सहित कार्यसमिति गठन गरेको हो । 
नेकपा एमाले प्रवास इन्चार्ज प्रमुख तथा पुर्व गृहमन्त्री भिम रावलको उपस्थितीमा गत शुक्रबार गरिएको महाधिवेशन मार्फत नयाँ कार्य समिति निर्माण गरिएको हो । सर्वसहमतीमा गठित कार्य समितिको उपाध्यक्षमा महेश गिरि , गिरमान थापा र मोती राइ छन भने महासचिव र सचिवमा क्रमश: उत्तम अधिकारी, भेषराज ढकाल तथा पुर्षोतम सुवेदी र कोषाध्यक्षमा राजु गुरुङ निर्विरोध चयन भएका छन ।
उपाध्यक्षमा रहेका तीन मध्ये गिरी युवा संघ यूएईका अध्यक्ष समेत हुन । त्यस्तै अर्का उपाध्यक्ष थापा गत सविंधान सभाको निर्वाचनमा समानुपातिक सभासदका लागि यूएई प्रवास बाट सिफारीसमा परेर पनि सभासद हुन नपाएका ब्यात्तीहुन । त्यस्तै अर्की उपाध्यक्ष मोती राइ भने यूएईको आबुधाबीमा लामो समययता नेपाली ट्राभल ब्यवसायमा सम्लग्न महिला हुन । 
    
जम्मा २३ सदस्यीय नया कार्य समिति सदस्यमा कृष्ण भुषाल , भिम बहादुर गुरुङ , युबराज भुषाल , राम कुमार ढुंगेल ,सिता भुर्तेल , दामोदर दाहाल ,रोहित कुमार रावत , श्रीकृष्ण रावत,बिक्रम रावत , खुमानंद अर्याल ,इन्द्र बहादुर घिमिरे , रुपक नारायण नकर्मी , राम बहादुर रिमाल , मोनाज अर्याल  रहेका छन् । 
एमालेका केन्द्रिय सदस्य तथा पुर्व गृहमन्त्री भिम रावलको प्रमुख आतिथ्यता , यूएईका लागि नेपाली राजदुत धनन्जय झाको बिशेष आतिथ्यतामा सम्पन्न महाधिवेशनको अध्यक्षता संघका तत्कालिन अध्यक्ष यमलाल शर्मा पंगेनीले गरेका थिए । 
महाधिवेशनमा यूएईमा रहेका बिभिन्न बिभिन्न नेपाली राजनीतिक दलका भात्री सस्थाका प्रमुख हरुको उपस्थिती थियो ।
नयाँ गठित कार्य समितिलाई कांग्रेस निकट नेपाली जन संपर्क समितिका अध्यक्ष चित्र केसी , एमाओवादी निकटको जन प्रगीतिसिल मंचका अध्यक्ष हेमन्त पौडेल , गुल्मी सेवा समाज युएईका अध्क्षय  लक्षमण भण्डारी, नेपाली समाज युएईका अध्यक्ष ज्ञानेन्द्र कार्की , गैर आबासीय नेपाली संघ युएईका अध्यक्ष कृष्ण भुषाल लगायतका युएईमा रहेका संघ सस्थाका प्रमुखहरुले नया कार्य समितिलाइ सफलताको शुभकामना दिएका थिए।
१० बर्ष यता युएईमा नेपाली कामदारहरुको पक्षमा वकालत गर्दै आएको प्रवासी नेपाली संघलाइ प्रमुख अतिथिबाट प्रवासी नेपाली मंच भएको घोषणा गरिएको थियो । 
नब निर्बाचित अध्यक्षले सबै संघ सस्थाहरु संग हातेमालो गर्दै नेपाली हरुका सुख दुखमा काम गर्ने प्रतिबद्दता समेत ब्यत्त गरे। नव गठित कार्य समिति पदाधिकारी सदस्य सबैले पार्टीका केन्द्रिय सदस्य भिम रावल बाट सपथ समेत खाए ।