यूएईमा रहेका पोखरेलीहरु संगठित हुँदै

उमाकान्त पाण्डे/ दुबई, फागुन  १२ -संयुक्त अरब एमिरेट्स युएईमा रहेका कास्कीका नेपालीहरु संगठीत भएका छन । गत शुक्रबार यूएईको दुबईमा भेला गरी उनीहरु संगठित भएका हुन । 
समाजसेवी एबं नेपाली समाज यूएईका निवर्तवान अधक्ष्य कृष्ण ढकालको अध्यक्षतामा सम्पन्न भेलाले कास्की जिल्ला बासिहरुको साझा संस्था ‘कास्की आदर्श सेवा समाज यूएई’गठन गरेको हो । प्रवासी भूमीमा जिल्ला बासी तथा नयाँ नेपालीलाई आउन सक्ने समस्याको समाधानका लागि एक जुट भएर लागि पर्न सस्था स्थापना गर्न लागिएको हो । 
भेलाले गुप्तशेखर पौडेलको अध्यक्षतामा ११ सदस्यीयतदर्थ समिती गठन गरेको छ । समितीको उपाध्यक्षमा पस बहादुर गुरुङ, महासचिबमा मनोज कुमार सैन्जु, सचिबमा केदार कुँवर र कोषाध्यक्ष पुष्प राज अधिकारीलाई चयन गरेको छ । 
सदस्यहरुमा प्रकाश गुरुङ , नितिन कार्की, मनोज गुरुङ,लाला् सुब्बा गुरुङ, अस्मिता थापा र बलराम अधिकारी रहेका छन् । सल्लाहकारमा समाजसेबी कृष्ण ढकाल, ज्ञानेन्द्र बहादुर कार्की र एक जङ गुरुङ छन । 
भेलाले तदर्थ समितीलाई बिधान निर्माण, ब्यानर एबं लोगो निर्माण , यूएईका सात वटै इमिरेट्स हरुमा क्षेत्रीय समितीहरु निर्माण र तीन महिना भित्र कस्केलीहरुको बृहत भेला बोलाउने जिम्मेवार प्रदान गरेको कास्की आदर्श सेवा यूएईका अध्यक्ष गुप्त शेखर पौडेलले जानकारी दिए ।