एनआरएन दुबईद्वारा अनाथ आश्रमलाई सहयोग

उमाकान्त पाण्डे/ दुबई, फागुन  १२- गैर आवसिय नेपाली संघ, दुबई क्षेत्रीय समिति यूएईले अनाथ आश्रमलाई सहयोग गरेको छ । चितवनको पुर्वी बकुल्लहरस्थित अनाथ बालबालिका संरक्षण  तथा आवास केन्द्र (साहारा को घर) नामक सस्था लाई सहयोग गरेको हो । 
समितिले साहाराको घर नामक सस्थामा आश्रित बालबालिकाहरुको लागि ५० हजार नेपाली रुपैया बराबरको जिन्सी सामान(फर्निचर,खादध्यन् सामाग्री तथा स्टेसनरी आदि ) सहयोग गरेको हो ।
अनाथ आश्रममा रहेका बालबालिकालाई अफ्ठ्यारो परेको सामाजिक सन्जाल मार्फत जानकारी पाएका नेपालीहरु मिलेर आर्थिक संकलन गरेका थिए ।   
गैर आवासीय नेपाली संघ यूयई, दुबई क्षेत्रीय समितिका अध्यक्ष दामोदर दाहालको संयोजक्त्वमा संकलित रकम क्षेत्रीय समितिका सदस्य अमर गुरुङले चितवन स्थित अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्रलाई हालै हस्तान्तरण  गरेका हुन । 
अध्यक्ष दाहालले गैर आवासीय नेपाली संघ यूयई, दुबई क्षेत्रीय समिति लगायत साहारा आश्रमका लागि सहयोग गर्ने सबैलाई नेपालीहरुलाई कृतज्ञता व्यक्त गरेका छन ।