सुनसरी, फाल्गुन १४ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा प्रतिष्ठानमा भ्रष्टाचार भएको उजुरी परेपछि आयोग र नेपाल मेडिकल काउन्सिलको संयुक्त टोलीले प्रतिष्ठानमा छापा मारेको हो ।
पदाधिकारीहरुको मिलेमतोमा अनियमित ढंगले प्रतिष्ठान सञ्चालन गरेको, बिरामीहरुको राम्रो उपचार नभएको, एमबीएस परीक्षामा धाँधली गरी विद्यार्थी भर्ना गरिएको र आर्थिक अनियमितता गरेको उजुरी परेपछि अनुुसन्धान थालेको बताइएको छ । Imagechannels