एपेक्स शैक्षिक महोत्सव सम्पन्न

– युबराज कंडेल
बुटवल,फाल्गुन १८,एपेक्स स्कूल शंकर नगर द्वारा आयोजित दोश्रो एपेक्स शैक्षिक महोत्सव आज सम्पन्न भएको छ ।  
हरेक विद्यार्थीहरु प्रतिभावान हुन्छन र उनीहरुको प्रतिभाको उचित विधिबाट मुल्यांकन गर्नुपर्छ भन्ने उद्धेस्यमा आधारित शैक्षिक महोत्सवमा देशका विभिन्न जिल्लामा २० वटा विद्यालयको सहभागिता रहेको थियो।  
शैक्षिक महोत्सवमा विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरुलाई एपेक्स स्कूलका विद्यार्थीहरुले आफ्नो घरमा होमस्टे को व्यवस्था गरेका थिए। 
आज विद्यालयमा आयोजित समापन समारोहमा बोल्दै मुख्य अतिथि तथा पत्यक्रम विकास केन्द्रमा उप-निर्देशक डा.बालकृष्ण रन्जितले शैक्षिक संस्थाहरु प्रमाणपत्र प्राप्त गर्ने थलो मात्र नभएर सिप सिक्ने र चरित्र निर्माण गर्ने थलो भएकोले हरेक विद्यालयले विद्यार्थीहरुलाई त्यो अवसर दिनुपर्ने कुरामा जोड दिदै सीपयुक्त र चरित्रवान नागरिक उत्पादन गर्नको लागि पाठ्यक्रम विकास केन्द्रले स्थानीय र राष्ट्रिय पाठयक्रमको प्रारूप तयार गरिरहेको जानकारी दिए। 
 
समापन समारोहमा नेपालकी उत्कृष्ट क्रिकेटर तथा विद्यालयकी छात्रा इन्दु वर्मा र विभिन्न खेल तथा कला प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो।  उक्त अवसरमा विद्यालयमा  विद्यार्थीहरुले संस्कृतिक प्रदर्शनी, विज्ञान प्रदर्शनी, विभिन्न जातीय खानाका स्टलहरु  समेत राखेका थिए।  
विद्यार्थीहरुको रुची र क्षमता अनुसारका काममा सबै विद्यार्थीहरुलाई सहभागी बनाउन र विद्यार्थीहरुलाई समाजसंग घुलमेल गराउन उनीहरुलाई अवसर दिएको प्राचार्य दिपक गौतमले बताए। 
विद्यालयका अध्यक्ष शिव प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न शैक्षिक महोत्सव समापन समारोहको संचालन विद्यालयका उप-प्राचार्य चन्द्र अधिकारीले गरेका थिए।

अन्य समाचारहरु