तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घाटना स्थलमै मृत्यु

तेह्रथुम, फाल्गुन १९ – आज बिहान तेह्रथुमको सम्दु गाविसको केरावारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घाटना स्थलमै मृत्यु भएको छ । को १ त ८४१५ नम्बरको ट्याक्टर सडकदेखि करिव एक सय मिटर तल खस्दा चालक ओयाक्जुङ ४ का सुजन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी ट्याक्टर चलाएकाले दुर्घटना भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय संक्रान्तीका प्रहरी निरीक्षक मेघराज अधिकारीले वताउनु भयो । काठको गोलिया सक्रान्ति पर्‍ुयाएर र्फकने क्रममा ट्याक्टर दुर्घटना परेको हो ।
 Ekantipur
प्रकाशित मिति: २०७० फाल्गुन १९

अन्य समाचारहरु