– उमाकान्त पाण्डे गाउंले
दुबइ – फागुन २१ , अन्तराष्ट्रिय अर्घाखाँची संपर्क मन्चले बिभिन्न समस्या उजागर गर्दै एनआरएन आइसीसीलाई ज्ञापन पत्र बुझाएको छ । गैर आवसिय नेपाली संघ यूएई द्वारा आयोजित एक अन्तर्कृया कार्यक्रमका लागि प्रमुख अतीथी बनेर आएका संघका अन्तरास्ट्रिय समन्वयब समितिका अध्यक्ष सेष घलेलाई मन्चका सम्योजक राजु खड्काले ज्ञापन पत्र बुझाएका हुन ।
खाडी मुलुकमा नेपाली कामदर को सन्ख्या दैनिक बढीरहेका कारण समस्याहरु पनि थपिएको भन्दै त्यस तर्फ ज्ञापन पत्रमा सचेत गराइएको छ ।
ज्ञापन पत्रमा सामुहिक भन्दा पनि ब्यक्तीगत समस्यामा मात्र सबैको ध्यान केन्द्रित भएकाला समस्याहरु निरन्तर बढेको उल्लेख छ ।
मन्चले समस्याको दिर्घकालिन समाधानका लागि संघ संग सहकार्य गर्दै अघी बड्न तयार रहेको उल्लेख गरेको छ ।
ज्ञापन पत्रमा खाडी मुलुकमा देखिएका समस्याहरु बुदागतरुपमा उल्लेख गरिएको छ ।
जस्ताको त्यस्तै ज्ञापन पत्र :
ज्ञापन पत्र मिती: फागुन १६, २०७०
बिशेष गरेर खाडी मुलुकमा नेपाली कामदर को सन्ख्या दिन प्रतीदिन बढनुको साथै समस्याहरु पनी तिब्र रुपमा बढिरहेको बिषय सबैको अघाडी छ्। एस्को निराकरणको लागि नेपाल सरकारको पहल साथै स्थानिय रुपमा संघ संस्थाहरु भयता पनी खासै लाभदायिक भएको भने पाईएको छैन। सामुहिक भन्दा पनि ब्यक्तीगत समस्यामा मात्र सबैको ध्यान गएको हुँदा आईपर्ने समस्याहरु निरन्तर बढेको अहिले सम्म ४२ राष्ट्रमा आफ्नो संगठन बिस्तार सँगै जिल्ला बाशी लाई एकिक्रित गर्न सफल अन्त राष्ट्रिय अर्घाखाँची संपर्क मन्चले महसुस गरेको छ्। हामीले बिभिन्न तरिका बाट कोशीस गर्दा पनि अहिले सम्म कुनै ठोस निर्णयमा पुग्न भने सकेका छैनौ। त्यसैले हामीले सामुहिक रुपमा एनआरएन मार्फत यि समस्याहरु बारे सोच बिचार गरेर कुनै निचोड्मा पुगोस भन्ने हेतुले यो ज्ञापन पत्र पेश गर्न पुगेका हौ।
दैनिक रुपमा आईपर्ने समस्यालाई कसरी जरै बाट उन्मुलन गर्न सकिन्छ भन्ने बिषयमा बिभिन्न सामाजिक संघ संस्थामा लागेका समाज सेवीहरुको सोचाई भयता पनि व्यबहारमा भने अहिले सम्म आईसकेको छैन। एन आर एन को नाम नै परिचय को व्याख्यात्मक वाक्य भएको शब्द हो भन्ने हामीले महसुस गरेका छौ। अझ सुनमा सुगन्ध भर्खर नेपाल सरकार बाट पनि मान्यता प्राप्त भएको र बिभिन्न खाले जन सरोकार बिषय हरु लिएर चर्चा पाएको कारण यो सबैमा लोकप्रिय बन्दै गएको छ्। त्यस माथि पनि अस्टेलियामा आफ्नो ब्यबस्यामा उच्च स्थान हाशिल गर्नु भएका, संस्थाको अध्यक्ष जस्तो गरिमाय पदमा सम्हाल्नु श्रीमान शेष घले ज्युले पछील्लो समयमा नेपाल प्रती देखाएको माया, सदभाब र नेपाली प्रतीको चिन्ता को कारण पनि यो संस्थाको मुल्य मान्यता दिन प्रती दिन बढदै गएको छ्। यि कारणहरुले गर्दा हामीमा थप आशा पलाएको छ्।
विश्वको कुना-कुना रहेका अर्घाखाँची बाशीहरुले यो संस्था बाट सहयोग मात्र खोजेको हैन कि आबश्यक परेको बेला हातेमालो पनि गरेको छ् र भबिस्यमा पनि गरिरहनेछ भने विश्वाश पनि दिलाउन चाहन्छौ। हामीले नजिक बाट नियालेका बिशेष गरी परदेश बसाइमा आम नेपाली नागरिकले झेल्नु परेका समस्या र बैदेशिक यात्रामा शुध्रिढीकरण जस्ता बिषयलाई प्रसँग बनाइ ज्ञापन माफ्रत जनाएका छौ।
क्रमस