उमाकान्त पाण्डे/दुबई, फागुन २१ । यूएईको दुबइमा एक नेपाली महिलाको मृत्यु भएको छ । एउटै कम्पनीको एउटै ब्रान्डमा काम गर्ने पुरुष सँग भएको सामान्य भनाभनले उग्र रुप लिदा महिलाको मृत्यु भएको हो । झगडाले उग्ररुप लिदा भएको मृत्युलाई हत्या भएको आशंका गरिएको छ ।
डेढ बर्ष अघि देखि यूएईमा रहेको बहुरास्ट्रिय कम्पनी अलसायाको चिज केक फ्याक्ट्रीमा काम गर्ने काठमाडौं महाराजगँजकी २५ वर्षीय रचना महर्जनको मृत्यु भएको हो ।
मृत्युको कारण हत्या वा अन्य भने अहिले सम्म खुलेको छैन ।
घटनामा सम्लग्न भएको आशकांमा झापाका सरोज शर्मालाई दुबइ प्रहरीले हिरासतमा राखेको छ । अस्पताल र प्रहरी प्रशाशनले रिपोर्ट सार्वजनिक नगरेकोले अहिले हत्यानै भएको भनेर भन्न सकिएको छैन ।
राती अबेरसम्म पार्टी मनाइरहेको अवस्थामा सँगै रहेका सरोजले महर्जनको टाउँकोमा हानेर हत्या गरेको पार्टीमा रहेका अन्यको भनाइ छ ।
राती चारबजेसम्म चलेको पार्टीमा एक्कासी रचना हराएपछि साथीहरू खोज्दै जादा सरोजले रचनालाई कुट्दै लतारिरहेको अबस्थामा फेला पारेको र यस्तो नगर भन्दा उल्टै अन्य नेपालीसँग पनि झगडा गरेको प्रत्यक्षदर्शीहरुको भनाइ छ । हामी नाच्दै गाउदै रमाइलो गर्दै थियौ तर हाम्रो आँखा छलेर यहाँ सम्म भएको हामीले पत्तो पाएनौ रचनाकी सहकर्मीले भनिन ।
उनीहरुको भनाइ अनुसार रचनालाई माथिल्लो तल्लाको बाल्कोनी बाट फालेको वा टाउकोमा धारिलो हतियार प्रहार गरेको हुनसक्ने अनुमान छ । रक्ताम्य भएकी रचनालाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो । रचनाको उपचारका क्रममा मृत्यु भएको सहकर्मीहरुले बताए ।