शेयर बजार पुनः ओरालो

काठमाडौं, फाल्गुन २२ । साताको अन्तिम दिन बिहीबार शेयर बजार पुनः ओरालो लाग्यो । उतार-चढावबीच बजार परिसूचक नेप्से करिब ५ अंकले झरेर ८ सय ५ मा आइपुग्यो । सुरुमा सकारात्मक रहेको नेप्से ओरालो लाग्दै मध्यान्हतिर ऋणात्मक बन्न पुगेको थियो ।
कारोबार भएका मध्ये आधा भन्दा बढी समूह रातो रहेसँगै नेप्से झरेको हो । जलविद्युत, वाणिज्य बंैक, विकास बैंक र अन्य रातो रहे भने बीमा, होटल र वित्त समूह भने हरियो रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३१ कम्पनीको १३ लाख १३ हजार बराबर कित्ता शेयर ३५ करोड ५४ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएो छ । IMAGECHANNELS