दिल्लीमा एक जना नेपाली युवाले आत्मा हत्या गरे

बाबु रोका मगर 
(दिल्ली,हरियाणा) 
दिल्ली मेहरौली स्थित मार्च दुई गते का दिन एक जना नेपाली युवाले आफ्नै भाडाको कोठामा सल को पासो लगाइ आत्मा हत्या गरेका छन | हरीयन गाबिस वडा नम्बर-४ ढुंग्रेखोला सर्लाही का २८ बर्षिय युवा बल बहादुर दिपाली रोजगारी को शिलशिला मा भारत को दिल्ली स्थित क्याट्रिन् मा कुक को काम गर्दथे | दिल्ली पुलिस ले पनि मृतकले आफु खुशी आत्मा हत्या गरेको पुष्टी गरेको छ तर आत्मा हत्या किन र कसरी गरेको भन्ने कुराको पुरै जानकारी अझै सम्म स्पस्ट खुल्न सकेको छैन | मृतक बल बहादुर ले आफ्नो साथी कमल को मोबाइल चलाऊन को लागि आफु सँग राखेका थिए साथी कमल आफ्नो मोबाइल ल्याउन जाँदा भित्र बाट ढोका को चुक्कल लगाएको थियो र मोबाइल मा गीत बजिरहेको थियो कमल ले धेरैपटक ढोका खोल्न आग्रह गर्दापनी भित्र बाट कुनै जवाफ न आउँदा कमल ले छिमेकी हरुलाई बोलाएर ढोका तोडेर भित्र पस्दा बल बहादुर पासो लगाएर झुन्डिएको अवस्था मा फेला परेका थिए|  
मृतक का आफन्त को भनाइ अनुसार उनले आफु खुशी सर्लाही कि सरिता नाम गरेकी एउटी केटी सँग दोस्रो बिहे गरेका थिए बिहे भएको आज आठ महिना पछी सरिता दिल्ली बाट नेपाल गएको १५-१६ दिन बिती सक्दा सम्म पनि कुनै खबर नगरि हराएको र मृतक को अकाउन्टमा भएको सबै पैसाहरु लगेर बेखबर रहेको पिडा ले आत्मा हत्या गरेको हो कि भन्ने शंका गरेका छन | उ सँग बिहे गर्नु पुर्व मृतक आफ्ना परिवार सँग पालम बिहार गूड्गावमा संगै बस्ने गर्दथे | मृतक का पहिलो श्रीमती ममता पनि पालम बिहार गूड्गाव मा परिवार संगै बस्छिन |
घटना को खबर गर्दै घटना कसरी भयो भन्ने जानकारी गर्न को लागि परिवार लगायत भारतमा भएका नेपाली संघ संस्था का केही ब्यक्तीहरु केही दिन भित्र नेपाल आउने र बेखबर रहेकी सरिताको खोजी गर्ने जानकारी अखिल भारत नेपाली एकता मन्च गूड्गाव का अध्यक्ष बाबुलाल र नेपाली साँस्कृतिक परिवार गूड्गाव का उपाध्यक्ष हरी डांगी ज्यू ले अर्घाखाँची डट कम लाई बताउनु भयो | मृतक का दाजु भाई काम को शिलशिला मा बाहिर जानु भएको हुनाले मृतक को शब लाई एम्स अस्पातल मा पोस्ट्मार्टम गरी चार दिन पछी आज मार्च 6 गते अन्त्यस्टी गरियो |  
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।