बिदेशमा राहदानी नपाउँदा सेवाग्राही मर्कामा

– उमाकान्त पाण्डे गाउंले /उज्यालो ,अबुधाबी (युएई) – फागुन २३, बिदेश स्थित नेपाली दुतावास मार्फत राहदानी समयमा नपाउदा सेवाग्रही मर्कामा परेका छन । अर्घाखाँची बल्कोट ३ साजबोटका खुमानन्द लामिछाने राहदानीका लागि आबुधाबी दुतावासमा धाउन थालेको ६ महिना भयो । 
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) का लागि फाराम भरेपछि उनी पाँच पटक दुतावास पुगेका छन । उनले राहदानी बनाउने भन्दा धेरै रकम दुतावास धाउँदैमा सकेका छन् ।
यो पाँचौ पटक हो। हेर्नु न, जहिले आयो कहिले के भन्छन् कहिले के भन्छन्’ उनले दुःखसो पोख्दै भने