जाजरकोटको सीमा गाविसको मार्क बजारबाट सुर्खेतको रामकतिर जाँदै गरेको लु१च ८४२१५ नम्बरको ट्र्याक्टर सीमा गाविस वडा नं ९ मा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। यो घटनामा अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा सीमा गाविस वडा नं ९ का २५ वर्षीय तिले बादी र कार्कीगाउँ गाविस वडा नं ९ का गङ्गा राणाको पहिचान भएको छ। एक जनाको सनाखत हुन सकेको छैन।
सो ट्र्याक्टरमा पाँच जना मानिस चढेको बताइएको छ। घटनास्थलमा प्रहरी पुगेर शव र घाइतेलाई जिल्ला अस्पताल जाजरकोट ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहले बताए। रासस