सरकारी स्वामित्वको दूध विकास संस्था डीडीसीले उपभोक्तालाई लक्षित प्रशोधित दूधको भाउमा प्रतिलिटर ६ र ८ रुपैयाँका दरले वृद्धि गरेको छ । डीडीसी सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी दूधको मूल्य बढाएको खबर आजको कान्तिपुरमा छापिएको छ ।
किसानहरुले दूधको लागत बढेकाले मूल्य बढाउन आन्दोलन थालेपछि डीडीसीले भाउ बढाउनुपरेको भनेको छ ।
डीडीसीका निमित्त महाप्रबन्धक रामतपेश्वर चौधरीका अनुसार उपभोक्ताले २५ रुपैयाँमा किन्दै आएको आधा लिटर स्ट्यान्र्ड दूध (नीलो प्याकेट) को २८ रुपैयाँ र ३० रुपैयाँमा बिक्री हुँदै आएको हरियो रङको फुल क्रिम मिल्क आधा लिटरलाई ३४ रुपैयाँ तिर्नुपर्नेछ ।
यसअघि बाबुराम भट्टराई कृषि तथा प्रधानमन्त्री भएका बेला डीडीसीले स्ट्यान्र्ड दूधको प्रतिपोका १ रुपैयाँ बढाइ ३० पुर्याएको थियो । डीडीसीका एक पूर्व अधिकृतका अनुसार यसपटक वृद्धि गरिएको दूधको भाउ हालसम्मकै उच्च हो ।