काठमाडौं, फाल्गुन ३० । सुनको भाउ तोलाको साढे ५७ हजार पुगेको छ । विहिबार तोलाको ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा ४ सय रुपैयाँले बढेर ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउँमा उच्च बृद्धि आएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ८ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । IAGECHANNELS