यूएईमा रहेको दुतावासले प्रभावकारी काम नगरेको सर्वसाधारणको गुनासो

उमाकान्त पाण्डे गाउंले /चैत २ आबुधाबी – कतारका लागि पुर्व नेपाली राजदुत माया कुमारी शर्माले नेपालीका लागि कतार खुल्ला जेल भने पछि संचार माध्यममा यो खबरले निकै चर्चा पायो । अन्तत सोही भनाइले राजदुत शर्मा स्वदेश फिर्ता सम्म हुनु पर्यौ । 
त्यस्तै गत दुई हप्ता पहिले सार्वजनिक एक कार्यक्रममा यूएईका लागि नेपाली राजदुत धनन्जय झाले ‘कोही नेपाली मर्न चाहे मरे हुन्छ भनेर’ बोले पछि यूएईका धेरै संघसस्थाले बिरोध जनाए । उनको सो भनाइ सार्वजनिक पछि धेरै किसिमका बिबाद सामाजिक सन्जालमा देखिएका छन । 
एक पछि अर्को गरी बिदेश स्थित नियोग प्रमुखहरुले बोलेको कुरा र उनीहरुले त्यहा रहेका नेपाली बारे गर्ने व्यबहारले ‘देशको इज्जत र साख माथि नै दाग’ लागेको धेरैको बुझाई छ । नियोग प्रमुखको यस्तो व्यबहारले दुतावास नेपालीहरुप्रति प्रभावाकारी हुन नसकेको आम सर्वसाधारणहरुको गुनासो छ ।  
 
सम्युत्त अरब एमिरेट्स यूएईको आबुधावीमा रहेको नेपाली दुतावास यहाँ रहेका नेपालीका समस्या प्रति प्रभावकारी काम गर्न नसकेको भन्ने गुनासो बडेर गएको छ । आम सर्वसाधारणले दुतावासले आफ्ना समस्यामा खासै चासो नदिएकोले दुतावास प्रभावकारी नभएको गुनासो गर्न थालेका हुन ।
 
एमआरपी अर्थात मेसीनले पढ्न मिल्ने राहदानी पाउन लाई बर्ष दिन पर्खिदा समेत नपाउने देखी कम्पनी मालिक फरार भएर अलपत्र पर्दा समेत दुतावासको उपस्थिती नभए सम्मको गुनासो सर्वसाधारणको छ ।  
सर्व साधारण मात्र होइन संघसस्थाका प्रतिनिधि पनि दुतावासको यस्तो रबैया प्रति चिन्तित छन ।  
कसैलाई समस्या परेको बारे सस्थामा निवेदन आए पछि समन्ययबको लागि संपर्क गर्दा समेत वेवास्ता गरेको अनुभब छ अर्घाखाँची संपर्क समिति यूएईका अध्यक्ष राजु खड्काको । 
सम्युत्त अरब एमिरेट्स यूएईलाई धेरै नेपालीले दुबइ भनेर चिन्छन । दुबइ भनेको एउटा राज्य मात्र हो । दुबइ बैदेशिक रोजगारीका लागि आकर्षक गन्तब्य मानिन्छ ।  सेवा सुबिधा र सुरक्षा राम्रो भएकोले दुबइमा कामगर्ने नेपालीले यूएईलाई खाडीको युरोप भन्ने गर्छन् । यधपी यहाँ आउने नेपालीको सख्या बढे सँगै यहाँ समस्या पनि थपिदै गएका छन । 
दुतावास यूएईको आबुधाबीमा छ । यूएईको अन्य राज्य बाट त्यहा पुग्न एक दिन लाग्ने गर्छ । जेनतेन अन्यत्रबाट बाट आबुधाबी पुगे पनि दुतावासका कर्मचारीको बहाना बाजीले सोही दिन काम फत्ते नहुँदा धेरै नेपालीलाई समस्या पर्ने गरेको गुनासो गर्नुहुन्छ ५ बर्ष अघि देखि यूएईको अलैएनमा कार्यरत रोल्पाका केबी गुरुङ । 
यूएईमा गत बर्षको अन्त्त सम्ममा साँढे चार लाख बढी नेपाली कार्यरत रहेको तथ्याकं यहाँका संघसस्था सँग छ । सन २००४ को अप्रिल ११ मा यूएईमा बिधिवत रुपमा दुतावास स्थापना भएको हो । दुतावास स्थापनाका लागि अग्रसर देखाउने मध्ये कास्की ढुङगे साहु पोखरा घर भई १८ बर्ष यता यूएईमा कार्यरत समाजसेवी कृष्ण बहादुर ढकाल पनि हुनुहुन्छ । उहाका अनुसार खाडी युद्दताका बिस्थापित नेपाली लाई समस्या पर्दा यहाँ रहेको नेपाली समाज यूएईले हेर्ने गर्थ्यौ । समाज दर्ता हुन नसक्दा दुतावास भए प्रभावकारी हुने भन्दै पहल गरिएको थियो । तर दुतावास र त्यहा आउने राजदुतको व्यबहारले समस्या झन थपीदै गएको उहाको भनाइ छ ।
धेरै नेपालीले दुबइमा काम गर्छन् । दुतावास यूएईको आबुधाबीमा छ । त्यहा पुग्न एक दिन लाग्ने गर्छ । जेनतेन दुबइ बाट आबुधाबी पुगे पनि दुतावासका कर्मचारीको बहाना बाजीले सोही दिन काम फत्ते नहुँदा धेरै नेपालीलाई समस्या पर्ने गरेको गुनासो छ ३ बर्ष अघि घरेलु महिला कामदारको रुपमा यूएईको दुबइ आएकी बाग्लुङकी हिरा क्षेत्री । 
फोन उठ्दैन । समस्या परेर फोन गर्दा राम्रो भूमिका छैन । बरु भोज भतेर मा जान्छन , तर नेपालीलाई समस्या परेका मजदुर क्याम्प सम्म पुग्दैनन भन्ने भनाइ छ अन्तरास्ट्रिय कलाकार समाज यूएईका अध्यक्ष मोह राज शर्माको ।
राजदुत यहाँ रहेका बिभिन्न संघसस्थाले गर्ने कार्यक्रमहरुमा निम्ताए सजिलै अतिथि बनेर आउनुहुन्छ । तर कसैलाई समस्या परेर दुतावास गुहार गर्दा सकेसम्म संपर्क हुँदैन, भईहाले पनि दुतावासले चासो दिदैन भन्ने भनाइ धेरै नेपालीको छ ।  
नेपाली राजदुतावास आबुधाबीका लागि नेपाली राजदुत धनन्जय झा भने यस् कुरालाई स्विकार्नु हुँदैन । घरेलु कामदार महिला र घरेलु ड्राईभर सबैलाई श्रमले त्यती अधिकार नदिएकोले आफुले खासै केही गर्न नसकिने भनाइ राख्नुहुन्छ । 
गलत काम गर्ने म्यानपावर ब्यबसायी सँग आफुले साठगाठ नगर्ने उहाको भनाइ छ । गलत गर्नेलाई कानुनी कारबाही गराउन नेपालमा पनि पत्राचार गर्छु । नेपालमा कारबाही भएन भने अर्को पटक बाट यहाँ माग पत्र प्रमाणित गरिदिदैन । कानुन न सानुन राजदुतले गर्यौ । धम्कीको धम्की भन्दै राजदुतले भन्नु भयो बरु फर्किनु परे म फर्किन तयार छु, उहाले भन्नु भयो । 
दुतावासको सबै टेलीफोन उठ्न नसकेको बारे राजदुत झा स्विकार्नु हुन्छ । 
दुतावासले सूचना सम्प्रेशण गर्न नसकेको नेपाली समाज यूएईका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीको बुझाई छ । दुतावासको समस्या लाई यो वा त्यो भनेर पोइन्ट आउट गर्न छोडेर सबैले आफ्नो जिम्मेवार पुरा गरे सबै समस्या हटेर जाने धारणा कार्कीको छ ।
दुतावासले सूचना सम्प्रेशण नगरेका कारण धेरै नेपालीलाई समस्या परेको कार्कीको भनाइ छ ।
 
बैदेशिक रोजगारीका लागि बिदेशमा केही समस्या परे सम्झिनु पर्ने घर भनेको त्यहा रहेको नेपाली राजदुतावास हो । तर दुतावासले समेत आफ्नो समस्या नसुनिदिए पछि गुहार माग्न कहाँ जाने ? समस्या परेर जाने ठाउँ दुतावास नै सहयोगी नबने पछि धेरै नेपाली अन्यौलमा छन । यस् सम्बन्धमा कहिले ध्यान जाला ?