काठमाडौं, चैत्र १ । मार्च १५ अर्थात विश्व उपभोक्ता अधिकार दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइयो । दिवसको अवसरमा राजधानीको विभिन्न स्थानवाट र्याली निकालियो भने उपभोक्ता अधिकारका विषयमा अन्तरक्रियाको पनि आयोजना गरिएको थियो ।
उपभोक्ताकर्मीले उपभोक्ता अधिकारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल उपभोक्ता महासंघले राजधानीमा गरेको कार्यक्रममा उपभोक्ताकर्मीले उपभोक्ता अधिकार सम्वेदनशील बन्दै गएको बताए ।
उनीहरुले नयाँ सरकारले एकै सातामा दूध र पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै विरोध जनाए । सरकारले उपभोक्ता अधिकारको रक्षा गर्ने बताउँदै आएपनि त्यो भाषणमा मात्रै सीमित भएको उनीहरुको भनाइ छ । सरकारी अधिकारीले खाद्य स्वच्छताका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
कार्यक्रममा कृषि मन्त्री हरी पराजुलीले उपभोक्ता अधिकारप्रति सरकार पूर्ण सम्वेदनशील रहेको बताए । उनले उपभोक्ताकर्मी, सरकारी निकाय, दुग्ध विकास संस्थानको समूहले दिएको सुझावका आधारमा नै दूधको मूल्य बढाइएको बताए ।
दूध उत्पादकको लागत बढी रहेकाले उपभोक्ता मूल्य नबढाउने गरी उत्पादकलाई प्रतिलिटर दुई रुपैयाँ बढाउन तयारी गरिरहेको पनि उनले बताए ।
उपभोक्ता अधिकारका नाममा धेरै संस्था खुलेपनि उनीहरु कमजोर हुँदा उपभोक्ता अधिकार कमजोर बन्दै गएको सर्वसाधारणले बताएका छन् । IMAGECHANNELS