कुश्मादेखि बागलुङको पैयुथन्थाप गएको ट्रयाक्टर खस्दा दुईजनाको मृत्यु

बागलुङ, चैत्र २ – पर्वतको सदरमुकाम कुश्मादेखि बागलुङको पैयुथन्थाप गएको ट्रयाक्टर खस्दा दुईजनाको मृत्यु भएको छ ।
ध. १ त ९० नम्बरको ट्रयाक्टर आइतवार दिउँसो पैयुथन्थाप गाविस-७ ठेउलेखोलामा खसेको हो । पैयुन्थापमा सामान पुर्‍याउन गएको उक्त ट्रयाक्टर सडकदेखि खोलामा खसेको हो ।
घटनामा ट्रयाक्टर चालक रमण केसी र सहचालक दिपेन्द्र अधिकारीको ज्यान गएको प्रहरीले बतायो । घटना स्थलमा मृतकको शव च्यापिएको अवस्थामा भेटिएको बागलुङका प्रहरी नायव उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले बताए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कुश्मीसेराको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्दार गरेका थिए ।
मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउने तयारी भएको प्रहरीले बतायो । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
EKANTIPUR 
प्रकाशित मिति: २०७० चैत्र २

अन्य समाचारहरु