एसएलसी परीक्षामा काभ्रेबाट ३ कैदी र ५ जना दृष्टिविहीन परीक्षामा सहभागी

काभ्रे, चैत्र ६ । आजदेखि सुरु भएको एसएलसी परीक्षामा काभ्रेबाट ३ कैदी र ५ जना दृष्टिविहीन परीक्षामा सहभागी भएका छन् ।
 जिल्ला कारागार काभ्रेबाट एसएलसी दिने दीपक ठकुरी कर्तब्य ज्यान मुद्दामा ५ वर्षे सजाय भोग्दै, कृष्ण थापा मगर डाका मुद्दामा ४ वर्षे सजाय भोग्दै र धनबहादुर श्रेष्ठ जर्बजस्ती करणी मुद्दामा ३ वर्षे सजाय भोग्दै आएका परीक्षार्थी हुन् ।
त्यस्तै, सञ्जीवनी नमुना उच्च माध्यामिक विद्यालयका ५ दृष्टिविहीनले पनि एसएलसी परीक्षा दिएका छन् । पाँच मध्ये दुई जना नियमित र तीन जना एक्जाम्टेड परीक्षार्थी हुन् ।
काभ्रेमा ४० वटा केन्द्रमा १ सय ४० सामुदायिक र ६५ संस्थागत विद्यालयका ८ हजार २ सय २१ नियमित र १ हजार ६ सय ४७ गरि कुल ९ हजार ८ सय ६८ विद्यार्थी एसएलसीमा सहभागी भएका छन् । IMAGECHANNELS

अन्य समाचारहरु