धुलिखेलबाट काठमाडौं आउँदै गरेको बसको ठक्करबाट स्कुटर चालक एक २० वर्षीया युवतीको मृत्यु

भक्तपुर, चैत्र ७ – धुलिखेलबाट काठमाडौं आउँदै गरेको बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
बिहीबार अपराह्न १ बजे बा२ख ३६१७ नम्बरको यात्रुवाहक बसले भक्तपुर सल्लाघारीको ट्राफिक चोकनजिक बिसौनीमा रोक्ने क्रममा बा५५प ७६६० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
काभ्रेबाटै काठमाडौं आउँदै गरेकी स्कुटर चालक २० वर्षीया रञ्जना लामाको मृत्यु भएको हो । लामा काभे्र फोक्सिङटार घर भई स्वयम्भू बस्दै आएकी थिइन् ।
दुर्घटनापछि मृतकका आफन्तले केही समय अरनिको राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले बस र चालक कुमारदर्शन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
 EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र ७

अन्य समाचारहरु