गुल्मीमा ९ वर्षीया बालिका पटक पटक बलात्कृत

गुल्मी, चैत्र ८ – दश वर्षीया बालिका बलात्कृत भएको एक साता नबित्दै गुल्मीमा अर्की ९ वर्षीया बालिका पटक पटक बलात्कृत भएको रहस्य खुलेको छ ।
जोहाङ-१ का ६५ वर्षीय खिमानन्द अर्यालले स्थानीय ९ वर्षीया बालिकालाई तीन महिनादेखि पैसा दिएर फकाउँदै बलात्कार गर्ने गरेको रहस्य खुलेको हो । अर्यालले बिहीवार साँझ पनि बालिकाको घर नजिकैको मन्दिरमा लगेर बलात्कार प्रयास गरेका थिए ।
बालिकाको परिवारको उजुरीपछि प्रहरीले अर्याललाई आज पक्राऊ गरेको छ । प्ररम्भिक अनुसन्धानमा अर्यालले बालिकालाई पटकपटक यौनजन्य क्रियाकलाप गर्ने गरेको देखिएको निमित्त प्रहरी प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । हिरासतमा रहेका अर्यालले पनि तीन महिनादेखि बालिकालाई यौन शोषण गर्ने गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण गराई अर्याललाई जबरजस्ती करणीअन्र्तगत मुद्दा दर्ता गरिने श्रेष्ठले बताए । बालिका स्थानीय विद्यालयमा कक्षा ५ मा पढ्ने विद्यार्थी हुन् । गुल्मीकै खड्गकोट गाविसमा यस अघि चैत ४ गते पनि बलात्कारको घटना भएको थियो । खड्गकोट २ का २९ वर्षीय जीवन दमाईले १० वर्षीया बालिकालाई बलात्कार गरेका थिए । उनको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र ८

अन्य समाचारहरु