भक्तपुरमा दृष्टिविहीनका अभिभावकससँग क्षयरोगको अन्तरक्रिया

बाबुकाजी श्रेष्ठ
भक्तपुर, ९ चैत्र २०७० ।१३२ औं अन्तर्राष्ट्रिय क्षयरोग दिवस २०७० को अवसरमा जिल्ला विकास समिति र नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको साझेदारी कार्यक्रम अन्तर्गत दृष्टिविहीनका अभिभावक र नेपाल क्षयरोग निवारण संस्था भक्तपुर बीच अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर जिल्लामा क्षयरोगको अवस्था, समस्या र समाधानका विषयमा खुल्ला रुपमा भएको अन्तरक्रियामा दृष्टिविहीनका अभिभावकहरुले समाजमा भेदभाव नगरी हामी जस्ता सम्पूर्ण पक्षहरुलाई क्षयरोगका बारेमा सचेतना जगाउनु पर्ने त्यसको लागि हामी अभिभावकहरु पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । 
समानताको आवाजका अध्यक्ष एवं दृष्टिविहीन संघका केन्द्रीय सल्लाहकार सुरेश राजभण्डारीको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा भक्तपुर जिल्लामा क्षयरोग नियन्त्रणका लागि हरतवरबाट प्रयास गर्नु पर्ने, लुकेर रहेका क्षयरोगीहरुको संख्या यथासिघ्र पत्तालगाई उपचार गर्नु पर्ने त्यसको लागि दुवै संस्था बीच सहकार्य गर्नेमा जोड दिनु भयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था भक्तपुरका सचिव राम सिख्वःले भक्तपुरमा क्षयरोगको अवस्था, क्षयरोग निराकरणमा देखिएको समस्या र समाधान साथै संस्थाले गर्दै आइरहेको क्रियाकलाप र क्षयरोग लक्षणका बारे प्रष्ट पार्नु भएको थियो । त्यस्तै एचआईभी

अन्य समाचारहरु