दुबइ – यूएई नेपाली एकता समाज आबुधाबी क्षेत्रिय समितिको भेला सम्पन्न भएको छ । भेलाले पुरानो समितिलाई विघटन गरी नयाँ कार्य समिति गठन गरेको छ ।
क्षेत्रिय भेला योगेन्द्र थापाको अध्यक्षतामा बसेको थियो । भेलामा यूएई नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष कृष्ण के.सी. को प्रमुख अतिथ्यता रहेको थियो भने उपाध्क्षय यम पुन, महासचिब मेघराज खनाल र सदस्य एकराज रिजालको बिशेष उपस्थिति थियो ।
क्षेत्रिय समितिका कोषाध्यक्ष हेम थापाको सकृयतामा आबुधाबीको आइकार्ड सिटीमा सम्पन्न भेलाले पुरानो समितिलाई बिघठन गरि नँया संसक्त कार्यसमिति गठन गरेको हो ।
सो अवसरमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष कृष्ण के. सी. ले रास्ट्रको प्रमुख आबश्यकता संविधान निर्माण हुनु पर्नेमा जोड दिदै सत्तारूढ राजनैतिक दलहरूलाइ ३ करोड जनताको माथि खेल खेल्न नहुने भन्दै बेलैमा संविधान लेखन कार्यमा अग्रसर हुनु पर्नेमा सचेत गराए ।
महासचिब मेघराज खनालले आफ्नो मन्तव्यमा नेपाली पहिचान र अखण्ड नेपाल नै आम सबैको पहिचान भएकोले सबै नेपालीहरु सङगठित हुनु पर्ने बताए ।
भेलाले योगेन्द्र थापाको अध्यक्षतामा पूर्ण, बैल्किप र सल्लाहकार गरि जम्मा २१ सदस्यीय क्षेत्रिय समितिको चयन गरेको छ | जसमा उपाध्यक्ष सुर्य के.सी.,सचिब बिष्णु ब. थापा, स.सचिब जय बि.क.,कोषाध्यक्ष अध्यक्ष हेम ब . थापा, सदस्यहरूमा तेज ब.बि. क, अर्जुन खनाल, टुक ब. कुँवर, दिनेश थापा, बामदेव पौडेल, ज्ञान प्रसाद खनाल, माधव गमाल, बिजय बि. सी., रहेका छन ।
बैकल्पिक सदस्यहरुमा कमल चुडाल, वसन्त रिजाल, अमर बोगटी र सल्लाहकारमा टिका के. सी., चुमान काउछा, शोब बहादुर परियार, राम कृष्ण पौडेल रहेका छन ।
भेलामा समितिका योगेन्द्र थापा,टिका के. सी., जय बि.क ., हेम थापा सुर्य के. सी. लगायतले मन्तव्य राखेका थिए ।
केन्द्रिय अध्यक्ष कृष्ण के. सी. र महासचिब मेघराज खनालले नव गठित कार्यसमितिलाई बधाइ तथा शुभकामना दिएका थिए ।