एक वर्षयता खोटाङबाट २२ युवती हराए

खोटाङ, चैत्र १० – एक वर्षयता जिल्लाका विभिन्न गाविसबाट २२ युवती हराएका छन् । प्रहरीका अनुसार खार्मी ६ की २५ वर्षीया प्रमिला राई (श्रेष्ठ) फागुन २५ देखि हराएकी छन् । दिक्तेल ८ की ३० वर्षीया अनिता दाहाल पनि फागुन १३ देखि हराएकी छन् । दिक्तेल ९ की २२ वर्षीया देवीकुमारी श्रेष्ठ फागुन ६ देखि घरमा छैनन् । बुइपा ८ की ३१ वर्षीया सरिता आचार्य (घिमिरे) एक वर्षीय छोरा स्वस्तिक छाडेर माघ २१ मा हिँडेपछि फर्केकी छैनन् ।
टेम्मा ७ की २४ वर्षीया अन्जना मगर माघ १० देखि र चिसापानी ८ की २८ वर्षीया फूलमाया परियार पुस ११ देखि बेखबर छिन् । नेर्पा ८ की २८ वर्षीया विष्णुकला गुरुङ र दोर्पाचिउरीडाँडा ४ की १९ वर्षीया सुष्मा राईको पनि केही पत्तो छैन ।
प्र्रहरी मुद्दा फाँटका प्रहरी नायब निरीक्षक यादव गौतमका अनुसार ऐंसेलुखर्क ५ की १६ वर्षीया भीममाया तामाङ, पौवासेरा ६ की २० वर्षीया संगीता राई, राजापानी ७ की २२ वर्षीया सुशीला कार्की, सल्ले १ की ३२ वर्षीया सीता श्रेष्ठ र बाम्राङ १ की १९ वर्षीया सुशीला राई पनि बेखबर छन् । यस्तै हराउने अन्यमा नुनथला ४ की ३१ वर्षीया सविना राई, लामीडाँडा १ की १७ वर्षीया सुनिता खत्री, लफ्याङ ६ की १७ वर्षीया जानुका राई, १८ वर्षीया अनुका राई, टेम्मा४ की २६ वर्षीया सीता मगरलगायत छन् ।
 EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र १०

अन्य समाचारहरु