दुतावासकै कर्मचारीको मिलेमतोमा दुबईमा अवैध रुपमा राहदानी बनाउने गिरोह सकृय

– उमाकान्त पाण्डे गाउंले – यूएई  
दुबईमा अबैध रुपमा नेपाली राहदानी बनाउने गिरोह सकृय भएको पाइएको छ । दुतावास दुबइदेखि टाढा आबुधाबीमा भएको समस्याको फाइदा उठाउदै ३ महिनामै एमआरपी उपलब्ध गराउने भन्दै एउटा गिरोहले घर नै भाडामा लिएर पैसा उठाउन थालेको छ ।
दुबईको मुख्य बजार बरदुबईमा एउटा घरको तल्ला नै भाडामा लिएर बसेको समूहले  आफूहरुलाई दुतावासले खटाएको र कन्सुलर खुलेको बताउँदै मेसिनले पढ्न सक्ने पासपोर्टका लागि आवश्यक दस्तुरसमेत जम्मा गर्न खुलेआम प्रचार गर्दै हिंड्ने गरेका छन ।
बिराटनगर स्थाई घर बताउने जहांगीर र रेखा नाम गरेका व्यक्तिले आफ्नो सम्पर्क नम्बर समेत राखेर बनाएको पर्चामा बिना नामको कम्पनी र ठेगानासहित एमआरपीको फारम भर्ने र फोटो खिच्ने ब्यवस्था गरिएको उल्लेख छ ।
कसैलाई त्यसरी पैसा उठाउने अधिकार नदिएको दुतावासको भनाई
गत शुक्रबारदेखि बरदुबईमा जम्मा हुने नेपाली माझनै पुगेर अबैध गिरोहका सदस्यहरुले पासपोर्टको लागि फारम भर्ने र फोटो खिच्ने भन्दै पर्चा बाड्दै हिंडने गरेका छन । यसरी फाराम भरेर  बुझाएको ३ महिना भित्रमा राहदानी उपलब्ध गराउने गिरोह सकृय भएको देखिएपछि दुवईमा रहेका नेपाली संघ सस्थाले चासो पूर्वक खोज अभियान समेत सुरु गरेका छन ।
सेवाग्राही बनेर त्यो कार्यालयमा पुगेका नेपाली जनप्रगतीशिल मन्चका प्रतिनिधिहरुसँग उनीहरुले आफूहरुले आबुधाबीस्थित नेपाली दुतावासबाट अनुमती लिएर फारम सकंलन गर्ने गरेको बताए । दुवईका सामाजिक संघ संस्थाका कर्मचारी यहाँ पुग्दा दुतावासकै स्थानीय कर्मचारी इब्राइम अन्सारी पनि त्यही कम्प्युटरबाट फारम भर्न व्यस्त भेटिएका थिए । तर तर युएईका लागि नेपाली राजदुत धनन्जय झाले दुतावासबाट त्यसो गर्न कसैलाई अनुमति नदिएको र आफूलाई यो बारे जानकारी नै नभएको बताउनुभयो ।
दुतावास र स्थानीय दुबई प्रशासनकोसमेत अनुमती नलिई सञ्चालन भएको कम्पनीले पासपोर्ट बनाई दिने भन्दै रकम उठाउने, फारम भर्ने र फोटो खिच्ने काम गर्दा पनि त्यसमा दुतावासले अहिलेसम्म कुनै चासो दिएको छैन ।
एमआरीका लागि दुतावासमा मात्र पैसा तिर्न राजदुको आग्रह
युएईका लागि नेपाली राजदुत धनन्जय झाले भने कसैले त्यसरी पैसा उठाई रहेको पाईएमा त्यस्तालाई पैसा नदिन युएईमा रहेका नेपालीहरुलाई आग्रह गर्नुभयो ।  उहाँले भन्नुभयो