गौर-चन्द्रनिगाहपुर सडकखण्डमा बसको ठक्करबाट एक बालिकाको मृत्यु

रौतहट, चैत्र ११ – गौर-चन्द्रनिगाहपुर सडकखण्डमा मंगलबार युत्रवाहक बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
चन्द्रनिगापुरबाट गौर जादै गरेको ना. १ ख ५१२९ नम्वरको यात्रुबाहक बसले सखुअवा धमौरा गाविस स्थित हर्षाहा चोकमा बाटो काट्ने क्रममा ४ वर्षीया बालिकालाई बसले ठक्कर दिएको थियो । बालिकाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
बालिकालाई ठक्कर दिने चालकलाई ईलाका प्रहरी कार्यालय गरुडामा राखिएको प्रहरी निरीक्ष्ाक बिजयराज पण्डितले जनाए ।
 EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र ११

अन्य समाचारहरु