रौतहट, चैत्र १२ । एसएलसी परीक्षाको छैठौ दिन आज रौतहटका विभिन्न परीक्षाकेन्द्रबाट एक जना निरीक्षकसहित १६ जना परीक्षार्थीलाई निष्कासित गरिएको छ ।
आज रौतहटको यमुनामाई उच्च माध्यमिक विद्यालय परीक्षाकेन्द्र बाट ६ जना, श्री सरस्वती उच्च माध्यमिक विद्यालय मलाहीबाट ६ जना र श्री सरस्वती उच्च माध्यमिक विद्यालय पिप्रा भलोहियाबाट ३ जना परिक्षार्थीलाई निष्कासित गरिएको हो ।
यस्तै, रौतहटको सरस्वती उच्च माध्यमिक विद्यालय पिप्रा भलोहिया परीक्षाकेन्द्रबाट निरीक्षक संगीता साहलाई पनि निष्कासन गरिएको छ ।
परीक्षाको छैठौ दिन आजसम्ममा रौतहटका विभिन्न परीक्षा केन्द्रबाट ७६ जना परीक्षार्थीलाई निष्कासित गरिएको छ । IMAGECHANNELS