पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको रामशिखरझाला गाविसमा आज बिहान बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन्।
काठमाण्डौ बाट बैतडीतर्फ जाँदै गरेको ना ४ ख १५०३ नम्वरको बस अनियन्त्रीत भएर सडकमै पल्टिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जानकारी दिएको छ।
प्रहरीका अनुसार बस दुर्घटनमा परेर बैतडी हटैराज गाविस वडा नम्वर १ की ४० बर्षिया मिरा चन्दको मृत्यु भएको हो। उनको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनमा परि घाईते भएका १७ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरु चारै जनालाई सुखडस्थित घोडाघोडी अस्पतालले थप उपचारका लागि भारतको बरेली रिफर गरेको प्रहरीले जानकारी दिएको छ।
गम्भीर घाईते हुनेमा बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १ का ३५ वर्षिय प्रेम थापा, सोही ठाउँका ३८ वर्षिय सुरेन्द्र भण्डारी, कैलालीको श्रीपुर गाविस वडा नम्वर ४ का २५ बर्षिया लक्ष्मी खड्का र सोही गाविसका ३५ वर्षिय नवल खड्का रहेका छन्।
अन्य घाईतेको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ भने केही उपचार पछि घर फर्किएका छन्। SETOPATI