लमजुङमा चैतेधान रोपाइँ सुरु

लमजुङ, चैत्र १४ । लमजुङमा चैतेधान रोपाइँ सुरु भएको छ । चैतको दोस्रो सातादेखि लमजुङका सिंचाइ सुविधा भएका धमिलिकुवा, चक्रतीर्थ, भलायखर्क, चण्डीस्थान, भोर्लेटार, इशानेश्वर, करापु, दुराडाँडा, सुन्दर बजार लगायतका स्थानमा चैते धान रोपाइँ सुरु भएको हो ।
लमजुङमा सिंचाइ सुविधा पुगेका स्थानमा धमाधम रोपाइँ भइरहेको जिल्ला कृषि विकास कार्यलयका अधिकृत सन्तोष चौधरीले जनाकारी दिए । लमजुङ जिल्लाको कूल ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य भएपनि १६ हजार हेक्टरमा मात्र बर्खे धान लगाइन्छ ।
सिंचाइको व्यवस्था गर्न सके थप १६ हजार ७ सय ६९ हेक्टरमा धान खेती गर्न सकिने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
भलायखर्क, चक्रतीर्थ र धमिलीकुवा गाविसका सयौं हेक्टर जमीनमा सिञ्चाइ सुविधा पु