बुनु उप्रेती / युएई – नेपाली कांग्रेसका सभासद अर्जुन प्रसाद जोशीले युएइको आबुधाबीमा आयोजित कार्यक्रममा नेकपा माओबादी जातीय राज्यको पक्षमा जादा पतन भएको बताएका छन् ।
नेपाली जनसम्पर्क समित युएइको दोश्रो ऐतिहासिक महाधीबेशनमा बिजयी उमेद्दवारहरुलाई शुभकामना दिई मन्तब्य राख्ने क्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य, नेपाली जनसम्पर्क समिति परिसद बिभाग प्रमुख कांग्रेस सभासद अर्जुन प्रसाद जोशीले नेकपा माओबादी जातीय राज्यको पक्षमा जादा पतन भएको आरोप लगाउदै १२३ भन्दा बढी जनजाति बसोबास गर्ने देश नेपालमा जातीय राज्य असम्भब रहेको बताएका छन् ।
माओबादीले बन्दुक, हत्या र हिंसाको भरमा राजनीति गरेको कारण जनताबाट तिरस्कृत हुनु परेको आरोप लगाउदै जोशीले नेपाली कांग्रेस यस्ता क्रियाकालाप बाट टाढै रहेर देशप्रेमको भाव बोकी आपसी समझधारीमा रहेर अघि बढ्ने र मुलुकले यहि बाट निकास पाउने भन्दै गोलि, गट्ठा, हत्या र हिंसा बाट टाढै रहेर राजनीति गर्न माओबादीलाई आब्वाहान गरेका छन् l देशा जटिल राजनीतिमा फसेको कारण सकारात्मक हस्तछेप तथा खबरदारी गर्न कार्यक्रममा रहेका सर्वसाधारण सबैलाई प्रोत्साहित गर्दै आफु यु. ए. इ आउनुको प्रमुख औचित्य नेपाली कामदारका समस्यालाई मध्यनजर गर्नु रहेको बताएका छन् l नेपालीले भोग्नु परेका समस्या तिनका समाधानका बिषयमा आफु नेपाल फर्केपछि सदनमा कुरा राख्ने प्रतिबद्धता समेत ब्यक्त गरेक छन ।