१० महिने छोराको पेटमा बच्चा भेटियो

– सुवास गोतामे , राजेश बर्मा |
दस महिने शिशुको पेटमा अर्को शिशु देखिएपछि कान्ति बाल अस्पतालका चिकित्सकले शल्यक्रिया गरेर निकालेका छन्।
सर्लाही ललेमपुरका बैजु मण्डलकी पत्नी रन्जिताकुमारीको कोखबाट जन्मिएका ऋतिकराज मण्डलको पेट फुलेपछि भिडियो एक्सरे गर्दा अर्को शिशु देखिएको थियो।
चिकित्सकका अनुसार यो घटना नेपालमा पहिलोपटक भएको हो।
अस्पतालका वरिष्ठ चिकित्सक तथा बालरोग विशेषज्ञ डा. आरपी चौधरीले दस महिने
दसमहिने शिशु ऋतिकराज मण्डल आमा रन्जिताको काखमा। यिनै शिशुको पेटको शल्यक्रिया गरी अर्को शिशु निकालिएको हो।
दसमहिने शिशु ऋतिकराज मण्डल आमा रन्जिताको काखमा। यिनै शिशुको पेटको शल्यक्रिया गरी अर्को शिशु निकालिएको हो।
शिशुको पेटमा शिशु देखेपछि अचम्म लागेको बताए। उनले नै शल्यक्रिया गरेर शिशु निकालेका थिए। उनका अनुसार संसारका पाँच लाख शिशुमध्ये एकमा यस्तो हुन्छ।
पाठेघरमा जुम्ल्याहा शिशुका लागि गएको स्पम (डिम्ब र शुक्रकिटको समष्टिगत रूप) एउटैमा केन्द्रित भएपछि शिशुको पेटमै अर्को शिशु विकास भएको उनले बताए।
छोराले लगातार बान्ता गर्न थालेपछि बैजु दम्पतीले उपचारका लागि काठमाडौं ल्याएका थिए। अस्पतालका चिकित्सकले सुरुमा ट्युमरको आशंका गरेका थिए।