अन्तराष्ट्रिय नेपाली कलाकार समाजले बृहत साँगितीक कार्यक्रम गर्दै

अन्तराष्ट्रिय नेपाली कलाकार समाज दोहा कतारले आफ्नो एसिया स्तरीय भेला सहित बृहत साँगीतीक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपालमा रहेको कुनैपनि एक बृद्द आश्रमलाई कुल नाफाको ९० प्रतिशत रकम कतारमा पत्रकार सम्मेलन गरि हस्तान्तरण गर्ने प्रतिबद्दता सहित उक्त कार्यक्रम गर्न लागीएको हो ।
 
अल अरबी स्पोट्स क्लबमा हुने उक्त कार्यक्रम १८ अप्रिल मा हुनेछ भने टिकट दर कतारी रियाल ३५ रहेको छ ।
नेपालबाट बिभिन्न बिधाका करिब आधा दर्जन कलाकारहरुका साथ उक्त कार्यक्रम हुने छ ।
हेमन्तशर्मा पुर्णकला बिसी,डिभोर्ष फिल्मकी नायिका बिना थापा डोली सरकार लगाएत अन्य बिबिध कलाकारहरुका साथ हुने उक्त कार्यक्रममा सहभागी हुन र बृद्दहरुको सेवामा समर्पीत हुन सम्पुर्ण कलापारखीहरुलाई समाजका अध्यक्ष महेन्द्रप्रसाद पोखरेलले आग्रह गर्नुभएको छ ।