धादिङको भुमेस्थान सिम्लेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङ, चैत्र १८ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको भुमेस्थान गाविसको सिम्लेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा धादिङ गोगनपानीका मोटरसाइकल चालक प्रेमबहादुर तामाङ र भुमेस्थानका कृष्णबहादुर थापा छन् ।
दुबै जनाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । IMAGECHANNELS

अन्य समाचारहरु