काठमाडौं, चैत्र १९ । बुधबार शेयर बजार सामान्य सकारात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले धनात्मक रहेर ८ सय १ दशमलब छ दुई कायम भयो ।
कारोबार भएका मध्ये आधा भन्दा बढी समूह हरियो रहेसँगै नेप्से धनात्मकमा थामिएको हो । जलविद्युत समूहमा सबैभन्दा उच्च १९ अंकको बृद्धि भयो । विकास बैंक, वाणिज्य बैंक र वित्त समूह पनि सामान्य अंकले धनात्मक रहे । होटल, बीमा र अन्य समूह भने रातो रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३१ कम्पनीको ७ लाख ३७ हजार कित्ता शेयर ४१ करोड ५० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । – IMAGEKHABAR