काठमाडौं, चैत्र २२ । ललितपुरको सानेपामा आज पिसाब रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो ।
सृष्टि महिला समूह, रौनियार ब्रदर ट्रष्ट र स्वर्गीय समिता अमात्य मेमोरियल फाउन्डेसनको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय भन्दा बढी बिरामीले स्वास्थ्य जाँच गराएका थिए ।
स्वास्थ्य जाँच गराउन आएका अधिकांशमा पिसाब सम्बन्धी कुनै न कुनै समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । शिविरमा पिसाब रोग विशेषज्ञ डा. दीपक रौनियार र डा.सुमन श्रेष्ठले बिरामीको स्वास्थ्य जाँच गरेका थिए ।
स्वास्थ्य परीक्षणपछि बिरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । IMAGEKHABAR