२५ चैत, रौतहट । रौतहटको औरैया गाविसमा खेत जोतिरहेको ट्रयाक्टरले किच्दा एक जनाको मृत्यु भएको छ ।
औरैया ५ का रामआधार साह कानुको खेत जोत्दै गरेको ना ३ त ९६२५ नम्बरको ट्रयाक्टरले किचेर स्थानिय चनरदेव साहका १५ वषिर्य छोरा निरज साहको मृत्यु भएको हो । ट्रयाक्टर चलाउन सिक्न बसेका निरज ट्रयाक्टरबाट झरेपछि रोटावेटरमा चेपिएका थिए ।
दुर्घटनामा परि गम्भीर घाइते भएका साहलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
घटनापछि ट्रयाक्टर चालक सरोज साह फरार भएका छन् भने ट्रयाक्टर प्रहरी नियन्त्रणमा छ । ONLINEKHABAR