ग्लोबल आइएमई बैंक र कमर्ज एण्ड ट्रष्ट बैंकले एकापसमा गाभिएर एकीकृत कारोबार थाले

काठमाडौं, चैत्र २६ । ग्लोबल आइएमई बैंक र कमर्ज एण्ड ट्रष्ट बैंकले एकापसमा गाभिएर आजदेखि एकीकृत कारोबार थालेका छन् । एकीकृत कारोवार संयुक्त सञ्चालनको अर्थमन्त्री डाक्टर रामशरण महतले उद्घाटन गरे । दुईवटै बैंक मर्जरपछि बैंकले ग्लोबल आइएमई बैंकको नामबाट कारोवार गर्ने छ ।
बैंक मर्जर सम्झौता पत्रमा ग्लोबल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कमर्ज एण्ड ट्रष्ट बैंकका तर्फबाट शोभाकर पराजुलीले हस्ताक्षर गरे ।
ग्लोबल आइएमई बैंक र कर्मज एण्ड ट्रष्ट बैंक एकापसमा गाभिएपछि बैंकको ६ अर्व पूँजिकोष, ४९ अर्ब निक्षेप र कर्जा प्रवाह ४१ अर्ब पुगेको छ । १ सय २० भन्दा बढी सेवा सञ्जाल रहेको बैंक मर्जरपछि सेवाग्राहीको संख्या ५ लाख पुगेको छ । ग्लोबल आईएमई बैंकमा यस अघि पनि बिभिन्न चारवटा वित्तीय संस्था गाभिइसकेका छन् । IMAGEKHABAR