शेयर बजार परिसूचक नेप्सेमा करिब ६ अंकको सुधार

काठमाडौं, चैत्र २६ । बुधबार शेयर बजार परिसूचक नेप्सेमा करिब ६ अंकको सुधार आयो । कारोबार सुरुवाती समयदेखि उतारचढाव रहेको नेप्से अन्तिम समयतिर सुधारिएको हो ।
नेप्से ८ सय १ दशमलब ७२ अंकमा पुग्यो । यसदिन कारोबार भएका सबै समूहमा सुधार आयो ।
यसदिन कारोबार परिमाणमा पनि सुधार आएको छ । १ सय २५ कम्पनीको ६ लाख ५६ हजार बराबर कित्ता शेयर ४० करोड ८६ लाख रुपैयाँ बराबरमा खरिद