बाबु रोका मगर
उक्त ट्र्ष्टमा रहेका बालकहरुमा जगतपुर वार्ड नं. २ सिराह जिल्ला निवासी धनुकी यादवका छोरा अन्दाजी बर्ष १४ का जगेन्द्र कुमार यादव, सिलवारी वार्ड नं. ८बौडाहा मोरङ्ग निवासी दयानन्द मण्डलका छोरा बर्ष ११ का कृष्ण मण्डल ट्र्ष्टमा रहेका बालकहरु मध्ये कृष्ण मण्डलको केहि समय पहिला मात्र ट्र्ष्टबाट मुटुको सल्यक्रिया समेत गरिएको थियो भने सम्पर्कमा आएका बालकहरु मध्ये भैरहवा रुपन्देहीका अन्दाजी १४ देखि १५ बर्षका अमृत परियार रहेका छन् ।
ट्र्र्ष्टमा रहेका अन्य बालकहरुमा जगेन्द्र यादव १ महिनादेखि, कृष्ण मण्डल विगत३ महिनादेखि र अमृत परियार विगत
१५ महिनादेखि रहेका छन् भेटिएका बालकहरुमा अमृत परियार बोल्न नसक्ने र आफ्नो नाम लेख्न मात्र सक्छन् । भने अन्य बालकहरु बोल्न र लेख्न जानेका छन् | यसै गरि उक्त ट्र्ष्टमा रहेका नेपाली बालकहरुमा सन्तपुर रौतहट निवासी शंकरराम का छोरा बर्ष १३का प्रकाश कुमार, रौतहट जिल्लाकै शंकर रामका छोरा बर्ष १४ का हरि कुमार र सपर दोस्टिया रौतहट ३ का बर्ष १२ का लाल मुहम्मद रहेका छन्। नेपालबाट प्रत्येक बच्चाहरुलाई ५० हजारका दरले मालिकले खरिद गरेर तीन बालकहरुलाई दिल्ली ल्याइ पुराएको र उनीहरुलाई दैनिक १८ घण्टा सम्म कठोर श्रममा लगाइने गरिएको थियो ।
बच्चाहरुलाई विगत डेढ महिनादेखि काममा लगाइएको कम्पनी बाट काम गर्दा गर्दै स्थानिय दिल्ली प्रशासनको सहयोग द्धारा निजहरुलाई उद्धार गरिएको थियो भने कठोर काममा लगाइएका बालमजदुरहरु को सम्वन्धमा स्वास्थ्य जांच गरि बाल श्रमिक मजदुर सम्वन्धी हाल अदालतमा मुद्धा चलिरहेको छ | आफ्नो घरबाट हराई एकाएक भेटिएका यि बालकहरु संग सम्पर्क गरि ठोस प्रमाणका साथ प्रमाणित कागजात ल्याई जिम्मा लिन हेल्प नेपालीमिसनका अध्यक्ष कवि कार्कीले उनीहरुका अभिभावकहरु लाई आग्रह गरेका छन् ।



