धादिङ, चैत्र २८ – पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । धादिङ सदरमुकाम नजिकैको थौप्पल खोलामा पौडी खेल्न गएका १९ बर्षका गणेश श्रेष्ठ र १८ बर्षका ईश्वर श्रेष्ठको खोलामा डुबेर मृत्यु भएको हो । उनीहरु मुरलीभन्ज्याङ गाविसबाट पौडी खेल्न थोप्पल खोलामा पौडी खेल्न आएका थिए ।
पौडी खेल्ने क्रममा दुई युवक डुबेपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी टोली पुग्दा दुवैको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र पञ्जियारले बताए ।
घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट नजिकै छ ।
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र २८ ०