सिन्धुपाल्चोकको चेहेरेबाट लाखौंपर्ने रक्तचन्दन बोकेको बसलाई नियन्त्रणमा

काभ्रे, चैत्र २९ । प्रहरीले सिन्धुपाल्चोकको चेहेरेबाट लाखौंपर्ने रक्तचन्दन बोकेको बसलाई नियन्त्रणमा लिएको छ । अरनिको राजमार्ग हुँदै चीनको खासा लैजान लागेको ९८ किलो रक्तचन्दन प्रहरीले समातेको हो ।


काठमाडौंबाट बाह्रबिसे जाँदै गरेको बा२ख ३३७७ नम्बरको यात्रुबसको पछाडिको सिटमुनि लुकाएर खासा लैजाम्दै गरेको ११ गोलिया रक्तचन्दन प्रहरीले नियन्त्रणमा लिएर छानबिन गरिरहेको जनाएको छ ।


चेकजाच गर्न रोक्दा बस नरोकेपछि काभ्रेको दोलालघाटबाट खटिएको प्रहरी टोलीले बसलाई निगरानी गर्दै सिन्धुपाल्चोकको चेहेरे पुगेपछि नियन्त्रणमा लिएको थियो ।


बसका चालक र सह-चालक भने फरार भएका छन् । बरामद रक्तचन्दन २० लाख रुपैयाँ मूल्य बराबरको भएको प्रहरीले जनाएको छ । IMAGEKHABAR

अन्य समाचारहरु