२०७१ सालमा १४ जलविद्युत आयोजना पूरा भई १ सय ४० मेगावाट बिजुली थपिए पनि हिउँदको लोडसेडिङ भने यथावत

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा २०७१ सालमा १४ जलविद्युत आयोजना पूरा भई १ सय ४० मेगावाट बिजुली थपिए पनि हिउँदको लोडसेडिङ भने यथावत रहने छ।
मागको तुलनामा उत्पादन कम हुने र हरेक वर्ष १० प्रतिशतले माग बढ्ने हुँदा उत्पादन थपिँदा पनि लोडसेडिङमा सकारात्मक योगदान नहुने स्थिति देखिएको हो। २०७१ सालमा त्योभन्दा बढी बिजुली उत्पादन नहुने तर अघिल्लो वर्षको तुलनामा भारतबाट ५० मेगावाट बढी आयात गर्न सके हिउँदको लोडसेडिङ २ देखि ३ घन्टासम्म कम हुन सक्ने विद्युत व्यापार विभागका निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
‘यो वर्षको हिउँदसम्म ४० मेगावाट मात्र थपिन्छ, बाँकी चैतको अन्त्यसम्ममा थपिन्छ,’ शाक्यले भने, ‘माग थपिँदै जाने हुँदा उक्त बिजुलीले लोडसेडिङ कम गर्न योगदान पुर्‍याउँदैन।’ गत वर्षजस्तै लोडसेडिङ १२ घन्टामै सीमित राख्न भने सकिने उनले बताए। भारतीय सीमा जोडिएका रक्सौल र टनकपुरको १३२ केभी प्रसारण लाइन सुदृढीकरण गरे थप ५० देखि ६० मेगावाट बिजुली ल्याउन सकिने उनले जानकारी दिए।
गत वर्ष हिउँदमा प्राधिकरणले भारतबाट प्रतियुनिट औसत ८ रुपैयाँ ६४ पैसामा अधिकतम १ सय ९० मेगावाटसम्म बिजुली किनेको थियो। आगामी हिउँदमा लोडसेडिङ न्यूनीकरण गर्न थप बिजुली किन्नुको विकल्प छैन। चैतसम्म थपिएको बिजुलीले २०७२ सालको हिउँदमा मात्र लोडसेडिङ घटाउन मद्दत पुग्ने प्राधिकरणका कर्मचारी बताउँछन्।
निर्माणाधीन आयोजनामध्ये सिनो हाइड्रोले बनाइरहेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ‘ए’ र सानिमा बैंकको अगुवाइमा बनिरहेको २२ मेगावाटको सानिमा माई ठूला आयोजना हुन्। प्राधिकरणद्वारा निर्माणाधीन कुनै आयोजना यो वर्ष पनि पूरा हुँदैनन्। २ वर्षअघि नै पूरा हुनुपर्ने ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो सम्पन्न हुन अझै डेढ वर्ष लाग्ने देखिएको छ।
निजी क्षेत्रले हरेक वर्ष प्रसारण लाइनमा थपेको २० देखि ३० मेगावाट र भारतबाट किनेको बिजुलीको भरमा विगत ८ वर्षदेखि माग र आपूर्तिको सन्तुलन कायम हुँदै आएको छ। कुसाहा