भारतको गूड्गावमा नयाँ बर्षको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम सम्पन्न

बाबु रोका मगर


 

दिल्ली हरियाणा- भारत को गूड्गाव स्थित बिगत का बर्ष जस्तै यसपटक पनि नेपाली साँस्कृतिक परिवार फाउन्डेसन ले २०७० साल लाई बिदाइ गर्दै नयाँँ बर्ष २०७१ साल को आगमन लाई  हर्षउल्लास को साथ मनाएको छ | नेपाल बाट आमन्त्रित कलाकार अर्जुन कौशल,हुम गैरे,सुशिला समिप र धुर्ब राना को रङमय मनोरन्जनात्मक सांगितिक प्रस्तुती साथ मा बाबु रोका मगर,सिताराम घिमिरे र स्थानिय कलाकार भाईबहिनीहरु को धमाकेदार डान्स ले कार्यक्रम मा उपस्थित नेपाली दर्शक हरुलाई भरीपूर्ण मनोरन्जन दिएको थियो  |

 कार्यक्रम दिउसो १२ बजे देखी लिएर बेलुकी ७ बजे सम्म शान्ती पुर्वक लगातार चलिरहेको थियो | संस्थापक मोहन सिंह थापा र भाई बाबुलाल को अध्यक्षता मा भएको उक्त कार्यक्रम मा हरी डांगी,राजेश कोइराला,बुद्दीराम बस्नेत ले पालै सँग दर्शक हरुलाई उद्घघोशक को रुप मा मनोरन्जन दिनु भएको थियो | कार्यक्रम मा मुख्य अतिथीको रुप मा एन आर आइ कृष्ण रिजाल को परिवारको उपस्थिती रहेको थियो | नेपाली साँस्कृतिक परिवार फाउन्डेसन ले नेपाली  राजदुतावास लगायत बिभिन्न संघ संस्था का ब्यक्तिहरुलाई कार्यक्रम मा उपस्थिती को लागि निमन्त्रणा गरेको थियो तर कुनै कारण बस उहाँ हरुको अनुपस्थितीले उक्त कार्यक्रम का आयोजक परिवार ले दु:ख ब्यक्त गरेको छ |


प्रदेशमा भएर के भयो त हामी नेपाली हरुले हामी आफ्नो नेपालीपन,नेपाली रितीरिवाज,धर्म,सँस्कृती लाई भुल्न न हुने नेपाल र भारत बिच को सम्बन्ध लाई अझै बलियो बनाउने र भारत मा बिभिन्न समस्या मा परेका नेपाली हरुको उद्दार गर्ने उद्देश्य ले प्रत्येक नयाँ बर्ष मा बिभित साँस्कृतिक कार्यक्रम को आयोजना गर्दै आएको छ |