जाजरकोट, वैशाख ३ । जाजरकोटको खलंगा-पांचकटिया सडकखण्डको तातोपानीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
भे१ज ६०४ नम्बरको जिप दुर्घटना हुँदा खलंगा ७ का ५० वर्षीय दण्डवीर ओली र धिले ४ का २१ वर्षीय रामराजा सिंहको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सात जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
उकालो चढ्न नसकेर जिप सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ । IMAGEKHABAR



