पाँचथर, वैशाख ४ । जिल्ला शिक्षा कार्यालय पाँचथरले विद्यालय शान्ति क्षेत्र घोषणा कार्यक्रमलाई तीव्रता दिएको छ । अभियान नै सञ्चालनगरि कार्यक्रमलाई तीव्रता दिइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जानकारी दिए ।
अहिलेसम्म पाँचथरको २७ वटा गाउँ विकास समितिका २ सय ६५ वटा सामुदायिक र संस्थागत विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको छ । बाँकी रहेका विद्यालयहरु पनि एक हप्ताभित्र घोषणा गरिने जिल्ला शिक्षा अधिकारी नेपालले जानकारी दिए ।
राजनीतिक दल तथा तिनका भातृ संगठनहरुबाट विद्यालयलाई हस्तक्षेपमुक्त पार्न र विद्यालयलाई कुनै पनि बहानामा बन्द नगर्न जिल्ला शिक्षा कार्यालय पाँचथरले विद्यालय शान्ति क्षेत्र घोषणा कार्यक्रमलाई अघि बढाएको हो । – IMAGEKHABAR



