नवलपरासी, वैशाख ५ – नवलपरासीको सुनवल स्थित भित्रि सडकमा यात्रु बहाक जिप पल्टिदा ७ जना घाइते भएका छन् ।
सिट क्षमता भन्दा दुई गुणा बढी यात्रु बोकेको लु १ ज ७१ नम्बरको जीप अप अनियन्त्रत भई पल्टदा उनीहरु घाइते भएका छन् । मुश्किलले १० यात्रु अटने उक्त जिपमा २३ यात्रु चढेका थिए ।
घाइतेहरुको उपचारका लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । घाइतेहरु खतरामुक्त छन् ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख ५